‘आफु खाएर कर्मचारीलाई शोषण गर्न पाइन्छ ? : स्वास्थ्यकर्मी, कर्मचारी

३ महिनाको तलव एक मुष्ठ पाउनुपर्ने माग

  ।   २०७८ श्रावण १, शुक्रबार १६:१३

संवाददाता, नेपालगंज

निजी क्षेत्रको सुविधा सम्पन्न मानिने यस क्षेत्रकै ठुलो नेपालगंज मेडिकल कलेजका स्वास्थ्यकर्मी, कर्मचारी तलव माग्दै फेरी पनि आन्दोलनमा उत्रिएका छन । यहाँका स्वास्थ्यकर्मी, कर्मचारीहरुले आफनो तलव पाउनकै लागी प्रत्येक महिना जसो आन्दोलन गर्नुपर्ने बाध्यता नै बन्न थालेको हो ।

आर्थिक बर्ष २०७७-०७८ सकिएर नयाँ आर्थिक बर्ष २०७८-०७९ शुरु भईसक्दा समेत अस्पताल प्रशासनले तलव नपठाएको उनीहरुको भनाई छ ।

आन्दोलनरत स्वास्थ्यकर्मी, कर्मचारीले ‘आफु खाएर कर्मचारीलाई शोषण गर्न पाइन्छ ? भन्दै ३ महिनाको तलव एक मुष्ठ पाउनुपर्ने माग राखेका हुन ।’

अहिले पीडित स्वास्थ्यकर्मी, कर्मचारीहरुले ‘हामी श्रमजिवी श्रमिकहरुको हाल खबर तीन महिना देखी तलव नखाई नखाई काम गर्नुपरेको छ । हामीहरुको बारेमा कसले बोलिदिने ? नेपालगंज मेडिकल कलेजमा काम गर्ने पीडित कर्मचारीहरुको वेदना ।’ भन्दै सामाजिक संञ्जाल फेसबुक लगायतका माध्यमबाट आफना गुनासो पोखिरहेका छन ।

यता अस्पतालले भने एकमुष्ट तलवभत्ता दिने अवस्था नरहेको बताएको छ ।

अस्पतालका उपनिर्देशक श्याम शर्माले स्वास्थ्य पेज डटकम सँगको कुराकानीमा कोभिड महामारीका कारण अस्पताल घाटामा रहेको भन्दै एकमुष्ट तलवभत्ता दिन सक्ने अवस्थामा अस्पताल प्रशासन नरहेको बताउनुभएको खबर छ ।

‘तलवभत्ता नदिने भनेका छैनौं, उहाँले–‘अस्पतालको अवस्थापनि आन्दोलनकारीले बुझ्नु पर्छ । लोनको प्रोसेसमा छौं, साउन पहिलो सातासम्म एक महिनाको तलव पाउनुहुन्छ ।’ उहाँले अहिले अस्पताल ५० करोड घाटामा रहेको पनि दावी गर्नुभयो ।

अपडेट..

Next Post

आजदेखि अवैध मोबाइल बन्द गर्ने सफ्टवेयर लागू

२०७८ श्रावण १, शुक्रबार १६:१३
संवाददाता  । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । अवैध मोबाइल डिभाइस नियन्त्रण गर्ने उद्देश्यसहित जडित प्रणाली लागू भएपछि नेपालमा भित्रिएका अवैध मोबाइल बन्द र वैध मोबाइल मात्रै सञ्चालन हुने अवस्था सिर्जना गर्नेछ । ६ महिनाभित्र काम सक्ने गरी प्राधिकरणले २०७६ असारमा ७६ करोड लागतमा […]

सम्बन्धित समाचार